२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

तीन वर्षीया बालिका हत्या विरोधमा सिमरामा सडक अवरुद्ध

 

बारा,भदौ ३ : तीन वर्षीया बालिका हत्याको विरोधमा बाराको सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । ईलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदापनी खोजीमा चासो नदिँदा बालिकामाथि सो घटना भएको आरोप स्थानीयको छ ।

स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तन गर्नुपर्ने माग अघि सारेका छन् ।

प्रहरीले बालिका हराएको ३ दिनसम्म खोजी गर्न नसकेको, परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ ।

स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । मङ्गलबार साँझ शव भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । परिवारले शव भेटिनु अघिनै सोही  २ जनाका विरुद्ध किटानी जाहेरी दिएका थिए ।

स्थानीयले सडक अवरुद्ध गरेपछि वीरगंज–पथलैया सडक खण्डमा सयौं गाडी तथा यात्रु अलपत्र परेका छन् ।

सडक खुलाउने विषयमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, एसपी नरेन्द्र कुँवर लगायतका सुरक्षा अधिकारी घटनास्थलमा पुगेका छन् ।

तर स्थानीयले प्रहरीले दोषी प्रहरीलाई कारबाही नगरेसम्म आन्दोलन नछाड्ने बताएका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।