२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

समर्थन पत्रले बढायो राप्रपामा विवाद, दलका नेता थापाविरुद्ध अविश्वास प्रस्ताव

 

हेटौंडा , ४ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलमा विवाद चर्किएको छ । दलका नेता उद्धव थापाले पार्टी र संसदीय दलको निर्णयविपरीत नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएपछि विवाद चुलिएको हो ।

यही विवादका बीच संसदीय दलका बहुमत सदस्यले थापाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएको पत्रमा थापाले संसदीय दलको बैठक नै नबसी व्यक्तिगत लेटरप्याड प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन जनाएको उल्लेख गरेकी छन् ।

पार्टीको निर्णय र बृहत्तर हितविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै थापाविरुद्ध भदौ १ गते बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको जानकारीसमेत प्रदेश प्रमुखलाई गराइएको छ । सीमित नरही संसदीय दलको नेतृत्वमाथि नै विश्वासको प्रश्न बनेको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।