२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

बागमतीमा सातौं मुख्यमन्त्री किरण थापा मगर

 

हेटौंडा, भदौ ५ : बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बागमती प्रदेशको ७औं मुख्यमन्त्रीको रूपमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त मुख्यमन्त्री थापामगरलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) का २५, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ गरी कुल ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ। राप्रपाले समर्थन जनाएसँगै एमाले नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।

एमालेको तर्फबाट मुख्यमन्त्री बनेका थापा यसअघि दुई कार्यकाल स्वास्थ्यमन्त्री भइसकेका छन् । यसअघि गत मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहित एमाले प्रदेश सांसदहरूको छलफलले संसदीय दलको नेतामा जगन्नाथ (जेएन) थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। सहमति हुनुपूर्व पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता भएको थियो। अन्तत :  मुख्यमन्त्रीका दावेदार थपलियालाई पछि पार्दै शक्ति केन्द्रसँग नजिक रहेका थापा पहिलो पटक संसदीय दलको नेता बाहिरबाट बागमतीको मुख्यमन्त्री बन्न सफल भए।

बागमती प्रदेशसभामा ३६ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। यस्तै नेकपाको २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ। प्रदेशसभामा निर्वाचित १ सय १० जना सदस्यमध्ये ६ जनाले गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएकाले हाल प्रदेशसभा १ सय ४ सदस्यीय छ।

 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।