२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

युक्रेनको सपिङ मलमा रुसको ड्रोन आक्रमण

 

काठमाण्डौ, भदौ ६ :  युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा  रुसले गरेको ड्रोन आक्रमणमा परि कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार घटनामा २३ जना बालबालिकासहित १३० जना घाइते भएका छन्। भग्नावशेषभित्र अझै धेरै मानिसहरू थुनिएको हुन सक्ने आशंका गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा दिउँसोको समयमा दुई चरणमा यो आक्रमण भएको जानकारी दिँदै यसलाई ‘अत्यन्तै निन्दनीय’ कार्य भनेका छन् । जेलेन्स्कीका अनुसार पहिलो प्रहारपछि राहत तथा उद्धारमा खटिएका उद्धारकर्ताहरूलाई लक्षित गरी दोस्रो ड्रोन आक्रमण गरिएको थियो।

बीबीसीले प्रमाणीकरण गरेको भिडियोमा दोस्रो ड्रोन पहिले नै बलिरहेको सपिङ सेन्टरमा ठोक्किएको देखिन्छ।  यस आक्रमणबारे रुसी सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।