२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

आरुघाटको वनमा ५ थान बन्दुक

 

गोरखा, भदौ ६ : गोरखाको एक वनमा पाँच थान बन्दुक फेला परेको छ । आरुघाट गाउँपालिका ६ स्थित चिहानडाँडाको वनमा बेवारिसे अवस्थाका पाँच थान बन्दुक फेला परेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

शनिबार अपरान्ह करिब पाँच बजेतिर जंगलमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला पारिएको हो । भेटिएका पाँच वटामध्ये एक थान थोत्रो भएर भाँचिएको अवस्थामा रहेको र अरु चारवटा पनि लामो समयदेखि जंगलमै लुकाइछिपाइ राखिएको अवस्थामा रहेकाले खिया लागेको प्रहरीको भनाइ छ ।
श्रेष्ठले यस विषयमा थप अनुसन्धान भइरहेको लालबिहानीलाई बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।