२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

मतदाता नामावलीमा आफ्नो विवरण सच्याउनुपर्ने छ ? अनलाइनबाट दिन सकिन्छ निवेदन

 

काठमाडौं, भदौ ६ :  निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, विश्वसनीय र वस्तुगत बनाउने उद्देश्यले आगामी १ असोजमा आफ्नो वेबसाइटमा नामावली प्रकाशन गर्ने भएको छ । नामावलीमा नाम, थर, उमेर वा ठेगाना लगायतका विवरणमा त्रुटि भएमा, कसैले झुट्टा विवरण दिई नाम समावेश गरेको भए वा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा देखिएमा त्यसलाई सच्याउन र एउटा मात्र कायम गर्न आयोगले एक विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

त्यसैगरी, बसाइँसराइ वा विवाहका कारण स्थायी ठेगाना परिवर्तन भएका मतदाताहरूलाई समेत सोही बमोजिम आफ्नो विवरण अद्यावधिक गर्न सूचित गरिएको छ ।

मतदाताहरूले विवरण सच्याउनका लागि आयोगको आधिकारिक वेबसाइट applyvr.election.gov.np मार्फत अनलाइन आवेदन दिन वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्न मतदाता नामावलीको शुद्धता अनिवार्य आधार भएको उल्लेख गर्दै आयोगले विवरण सच्याउने र दोहोरो नाम हटाउने कार्यमा सबै नागरिकबाट सहयोगको अपेक्षा गरेको छ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।