२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

नागढुङ्गा सुरुङमार्ग आज देखि निजी सवारीलाई पनि प्रवेश खुला

 

काठमाण्डौ,भदौ ८ : उद्घाटन भएको एक महिनापछि नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ।

नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानजस्ता निजी सवारी साधनलाई काठमाडौँ–धादिङ आवागमनका लागि अनुमति दिइएको हो । सुरुङमार्ग परीक्षणका रूपमा खुला गरिएको हो।

‘यो हप्ता सवारी सञ्चालनको विश्लेषण गर्छौँ। चालकहरूले भोगेका समस्या र अनुभव बुझ्ने काम हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि अन्य सवारीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ।’
हाललाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग सञ्चालनमा ल्याइने छ। परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन। सोमबार बिहानैदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा ल्याइएको छ।

सुरुङभित्र सवारी चलाउन निश्चित नियम पालना गर्नुपर्नेछ। सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ। यस्तै, अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने, टनेलभित्र गाडी रोक्न वा ओभरटेक गर्न नपाइने नियम बनाइएको छ। पैदलयात्री, दुईपाङ्गे्र सवारी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङ प्रवेशमा रोक लगाइएको छ।

सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा र शुल्क संकलन युनिटको व्यवस्थापनका साथै सीसीटीभीमार्फत आन्तरिक निगरानी भइरहेको श्रेष्ठले लालबिहानीलाई बताए।

 

 

करिब २९ अर्ब रुपैयाँ लगानीमा बनेको यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरिएको थियो। नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले यसको उद्घाटन गरेका थिए। 

प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सकिनुपर्ने भए पनि कोभिड-१९ र मुआब्जा विवादका कारण आयोजना ढिलाइ भएको हो। 

सुरुङको निर्माण ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो । सुरुवातमा जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानी रहने भनिए पनि पछि लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो।

नियमित सञ्चालन सुरु भएपछि भने सुरुङ प्रयोग गरेबापत शुल्क तिर्नुपर्नेछ। काठमाडौँ भित्रिँदा र बाहिरिँदा कार तथा भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ, मिनीबस तथा टिपरले ११५ र ८० रुपैयाँ, बस तथा ट्रकले २६० र २०० रुपैयाँ र हेभी ट्रकले ६०० र २५० रुपैयाँ शुल्क बुझाउनुपर्छ।

 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।