काठमाडौं, भदौ १० : भोटेकोशीको बाढीमा फसेका आठजनाको शव फेला परेको छ। धादिङको बैरेनीमा एक,गल्छीमा दुई र गजुरीमा एक गरी चार शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। त्यसैगरी नुवाकोटमा पनि चारवटा शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए।
बाढीका कारण रसुवामा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।












