२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

रसुवाका तीन ठाउँका ४१ जना प्रहरी सम्पर्कबिहीन

 

काठमाण्डौ, भदौ १०  : रसुवाका तीन वटा ठाउँका ४१ जना प्रहरी सम्पर्कबिहीन भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले तीन वटा ठाउँका ४१ जना प्रहरी सम्पर्कमा नरहेको बताए ।

उनका अनुसार स्याफ्रुबेँशी, रसुवागढी, मैलुङका प्रहरीहरू सम्पर्कमा नरहेको हो। ‘अहिले बाढीको विध्वंसकारी देखिन्छ। गल्छी क्रस भइसकेको छ। टिमुरेमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘अहिलेसम्म ४१ जना सम्पर्कबिहीन भएको रिपोर्ट छ।’ सशस्त्र प्रहरी बलका पनि प्रहरी निरीक्षकसहित ९ जना सम्पर्कबिहीन छन् ।

पृथ्वीराजमार्गको चितवन नारायणघाटसम्मको सडकमा सवारी आवतजावत गर्न पनि रोक लगाइएको छ । नदी वरिपरि पनि बस्ती खाली गर्नका लागि प्रहरी परिचालन गरी अनुरोध गरिएको उनले बताए ।  उद्धारका लागि पनि काम भइरहेको उनले बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।