२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

मृत्यु हुनेको संख्या ५८६ : २ हजार अझै बेपत्ता, हजारौँ विस्थापित

 

काठमाडौं,भदौ १३ : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म करिब ५ सय ८६ जनाको मृत्यु भएको छ।बाढीले बगाएका ५ सय ८६ शव विभिन्न जिल्लाका नदी किनारबाट निकालिएको छ भने २ हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन छन्। बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएका छन् ।

सबैभन्दा धेरै चितवनस्थित नारायणी नदी किनारबाट २३३ वटा शव फेला परेका छन्। यस्तै नवलपरासी (पूर्वी र पश्चिम) मा १५४, गोरखामा ४६, धादिङमा ४०, नुवाकोटमा ३७, तनहुँमा ३०, रसुवामा १२ र नवलपरासीमा २७ वटा शव भेटिएका छन्। भेटिएका कतिपय मानव अंगहरूको सनाखत हुन बाँकी छ र शव फेला पर्ने क्रम अझै जारी छ।

 

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५१७ विदेशीसहित कुल १ हजार ९२४ भन्दा बढी मानिस बेपत्ता छन् । बेपत्ता हुनेहरूमामा सुरक्षाकर्मी तथा कर्मचारीमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका १३, भन्सारका १५ र अध्यागमनका १५ जना सर्वसाधारण तथा पर्यटकमध्ये जलविद्युत् आयोजनाका ९३३ जना, आन्तरिक पर्यटक १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना छन्।

यसैबीच चीनतर्फको सीमावर्ती क्षेत्रमा रहेको तालको जलस्तर र रङमा परिवर्तन आई पानी बाहिरिन सक्ने खबर प्राप्त भएकाले तल्लो तटीय क्षेत्रमा फेरि बाढीको जोखिम बढेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार विनाशकारी बाढीको ठूलो खतरा नरहे पनि नदीको जलसतह अकस्मात् बढ्न सक्ने सम्भावना कायमै छ।

जिल्ला प्रहरी कार्यालय रसुवा र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) का बासिन्दालाई अर्को सूचना नआउञ्जेलसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेका छन् ।

 
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।