२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

चीनतर्फका दुवै नाका बन्द

 

काठमाडौं भदौ १६ : भोटेकोशी करिडोरमा आएको भीषण बाढी–पहिरोका कारण चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएका छन् । 

गत बुधबार आएको बाढीले रसुवागढी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ। प्राकृतिक विपत्तिमा परी १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब ४ हजार बढी बेपत्ता छन् । 

रसुवागढी बन्द भएपछि व्यापारीहरूले वैकल्पिक रूपमा तातोपानी नाकाबाट सामान आयात गर्न पहल गरिरहेका बेला चिनियाँ पक्षले इमेल पठाएर तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको छ। तातोपानीका प्रमुख भन्सार अधिकृत दीपेन्द्र प्रकाश गिरिले भने, ‘नाका बन्द गर्ने जानकारी हामीलाई इमेलमार्फत आएको छ।’

चिनियाँ पक्षले नाका किन बन्द गरेको र कहिलेसम्म बन्द गर्ने भन्ने केही खुलाएको छैन। अर्को सूचना नआएसम्म नाका बन्द गर्ने जानकारी दिएको गिरीले लालबिहानीलाई बताए। अब व्यवसायीले चीनबाट आयात गर्न अब कोरला नाका प्रयोग गर्नुको विकल्प छैन । नाकाहरू ठप्प हुँदा चाडपर्वका लागि अर्डर गरिएका लत्ताकपडा, विद्युतीय सामग्री र सवारीसाधन सीमापारि नै रोकिएका छन् ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।