काठमाण्डौ, भदौ १६ : नेपाल जान लागेका आफ्ना नागरिकलाई अमेरिकी बिदेश मन्त्रालयले आगामी खतरावारे सतर्क गराएको छ । कुनै पनि बेला जनता भड्किएर जनस्तरमा अचानक बिद्रोहको खतरा रहेको बताइएको छ । विदेश मन्त्रालयले भर्खरै निकालेको ‘ट्राभल एडभाइजरी’मा नेपाललाई २ तहको सतर्कता अपनाउनुपर्ने देशको सूचीमा राखिएको छ।
पोहोर भदौबाट उठेको देशव्यापी प्रदर्शन अहिले रोकिए तापनि शहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अचानक भड्किन सक्ने जोखिम जीवितै रहेको अमेरिकी ठहर छ। ‘प्रदर्शनहरू पूर्वसूचनाबिनै उठ्न सक्छन् । र तुरुन्तै हिंसात्मक पनि बन्न सक्छन्,’ चेतावनीमा भनिएको छ।
यात्रुहरूलाई ठूलो भीडभाड र प्रदर्शनबाट टाढा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्नसमेत भनिएको छ ।
विदेश मन्त्रालयले रसुवाको रसुवागढी-टिमुरे-स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल-चीन सीमा नाका क्षेत्रमा पाइला नटेक्न पनि सतर्क गराएको छ।












