२०८३ भाद्र २८ आईतवार
Search
२०८३ भाद्र २८ आईतवार

भरतीय पर्यटक चढेको कार फेवातालमा खस्यो

 

पोखरा,भदौ १९ : भारतीय पर्यटक सवार कार फेवातालमा खस्दा दुईजनाको मृत्यु भएको छ।  शुक्रबार बिहान नियन्त्रण गुमाई फेवातालमा कार खस्दा दुईजना भारतीय पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ।

कार दुर्घटनामा परी भारत बिहार रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र सोही ठाउँका वर्ष २६ का प्रियान्सु पाण्डेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजलमा लगिएका अर्का दुईजना  भारतीय पर्यटकको उपचारपछि डिस्चार्ज भइसकेका छन् । भारत बिहार मोतिहारी रक्सोलका २७ वर्षीय अनमोल कुमार यादव र सोही गाउँका ३३ वर्षीय सुरज यादव उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको बताइएको छ । 

पामे सेदी तर्फबाट लेकसाइड आउँदै गरेको भारतीय पर्यटक सवार  बिआर ०५ बिबि ६७५९ नम्मरको कार गैराको चौताराको घुम्ति क्षेत्रमा अनियन्त्रित भई सडकबाट २० मिटर तल तालमा खसेको थियो । कारमा ४ जना भारतीय पर्यटक सवार थिए।

बिहान ४:५५ बजेतिर तालमा खसेपछि तत्कादै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नेपाल कालिका गणबाट सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए ।  कारलाई क्रेनको सहयोगमा बाहिर निकालिएको थियो ।
 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।