काठमाण्डौ,भदौ १९ : माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरूङबाट ९ दिनपछि उद्धार गरिएका सप्तरीका सञ्जय साहले आफू फसेको ठाउँनजिकै अरू ३/४ जना भएको बताएका छन् । नेपाली सेनासँग कुरा गर्दै उनले पावर हाउसमा अरू पनि हुन सक्ने बताएका हुन् ।
सञ्जय सकुशल भेटिएपछि उनका परिवारजनमा खुसी फर्किएको छ र अन्य सम्पर्कविहीन पनि जीवितै भेटिने आशा बढेको छ।
त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका कबिर महर्जन र सञ्जय शाहका परिवारका सदस्यहरूले धेरै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

‘म कन्ट्रोल रूपमा अपरेटर काम गर्थें, अरू बेला ५/६ जना मात्रै हुन्थे, यतिबेला ४०/४५ जना नै थियो। कन्ट्रोल रूममा भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो,’ उनले नेपाली सेनासँग कुराकानीका क्रममा भनेका छन्, ‘त्यस्तो घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्यो। सबैलाई भनेँ, ड्याममा दुर्घटना भयो। सबैलाई बाहिर भाग्न लगाएँ। त्यसो गर्दा मेरो समय गयो, म निस्कनँ पाएन।’
अहिले त टनेल त्यस्तो धेरै चुनौतीपूर्ण छैन । पहिला यहाँसम्म आउनै हामीलाई समस्या परेको थियो । टेनेलको मुखमा एउटा पहाडै आएर खसेको थियो । त्यो काटेर फाल्न निकै समय लाग्यो ।

सुरूङभित्र केही मानिसहरूले कुराकानी गरेको सुनेको उनले बताए। ‘पावर हाउसभित्र पनि मानिस हुन सक्छन्, भाग्न नसकेको हुन सक्छ,’ उनले भने।
आफू महामन्त्र जप्दै बसेकोसमेत उनले बताएका थिए । सुरूङमा फसेको ९ दिनपछि सेनाले सञ्जयसहित काठमाडौंका कविर महर्जनलाई उद्धार गरेको छ।
सञ्जय नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र कविर प्राधिकरणकै सुपरभाइजर हुन् ।












