२०८३ भाद्र २८ आईतवार
Search
२०८३ भाद्र २८ आईतवार

राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना

काठमाडौं, भदौ १९ : श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । 

प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले कृष्ण मन्दिर पुगेर दर्शन एवं पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरे । 

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा छ। राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा सांसद जगदिश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधि तथा मन्दिरका पुजारीहरूले स्वागत गर्नुभएको थियो ।

 
 
 
 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।