२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

आफ्ना नागरिकको अवस्था बुझ्न दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युन काठमाडौंमा

 

काठमाडौं  भदौ २१ : दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन काठमाडौं आएका छन् । कोरियन एयरलाइन्सको जहाजबाट शनिबार बेलुकी पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी काठमाडौं आएका हुन् । 
 
भोटेकोशी नदीमा आएको बाढीका कारण केही कोरियाली नागरिकहरु बेपत्ता भएका छन् । त्यस्तै, दक्षिण कोरियाको लगानीमा रहेको जलविद्युत परियोजना पनि क्षतिग्रस्त छ। बाढीका कारण हराएका आफ्ना नागरिक र क्षतिग्रस्त अवस्थामा रहेको आफ्नो जलविद्युत परियोजनाको अवस्था बुझन् दक्षिण कोरियाका विदेशमन्त्री चो काठमाडौं आएका हुन् । 

उनले नेतृत्व गरेको प्रतिनिधि मण्डलमा एसिया प्यासिफिक डिभिजनका निर्देशक, सोही भिडिजनका उपनिर्देशक, विदेशमन्त्रीका सल्लाहकार र विदेशमन्त्रीका सचिवालय सदस्य पनि सहभागी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

विदेशमन्त्रीको स्वागतका लागि नेपालस्थित दक्षिण कोरियाली दूतावासका उच्च अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । दुई दिने भ्रमणका लागि नेपाल आएका विदेशमन्त्री चोले परराष्ट्रमन्त्री शिशिर खनालसंग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।