२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

बिपदको सातौं दिन तथा भदौ १७ गते बालेनले के बोलेका थिए ?

 

यस्तो  भनेका थिए, प्रधानमन्त्रीले  

काठमाण्डौ,भदौ २१  :  यो टनेल (सुरुङ)मा आएको विपत्ति विशेष किसिमको छ । विश्वभरि पाइने एक्सपर्टहरु चाहिँ टनेलमा आउने पहिरोलाई पन्छ्याएर उद्धार गर्ने खालका हुन् । यस्तो एक्सपर्टिज चाहिँ विश्वभरि नै छ । तर यो चाहिँ फरक किसिमको किन हो भन्दा यो पहिरोले थुनिएको टनेल हैन ।  यी बाढी भित्र पसेर सँगसँगै हिलो माटोहरुले पूरै थुनिएका टनेलहरु हुन् । यससम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरुसँग थिएन । हामीसँग पनि छैन । तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन । विभिन्न राष्ट्रहरुमा जति उद्धार भएका थिए, त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो ।’

त्यसभन्दा पनि अघि बढेर प्रधानमन्त्रीले जुनबेला पायक पर्छ, मौसमले साथ दिन्छ वा हिलो थोरै सुक्छ, त्यसपछि मात्रै उद्धार हुने आशयको अभिव्यक्ति पनि दिए । ‘जतिबेला अड्डिने ठाउँ हुन्छ, मान्छेहरु पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरु हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ । एउटा टनेलमा एकैचोटि चार–पाँच वटा २० वटा एक्स्काभेटर किन लाइएन भन्ने कुरा आएको थियो । त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुई वटाभन्दा धेरै एक्स्काभेटरले काम पनि गर्न सक्दैन । त्यसको एउटा सीमा छ त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्स्काभेटर लगाएर पनि गर्न सकिने थिएन ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।