२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

‘लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी कार्य सकियो’

 

काठमाण्डौ,भदौ २१ : भोटेकोशी बाढीमा लाङटाङ खोला जलविद्युत् आयोजनाबाट हराइरहेकाहरूको खोजी कार्य सकिएको छ । आयोजनाको सुरुङभित्र २ जनाको शवबाहेक केही नभेटिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य बन्द गरेको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपलब्ध गराएको विवरणअनुसार २० मेगावाट क्षमताको उक्त आयोजनाबाट अझै पनि ३९ जना सम्पर्कविहीन छन् ।

यस्तै, आयोजनास्थलमा काम गरिरहेका १९ जनाको उद्धार गरिएको थियो । निर्माण सम्पन्न गरेर परीक्षण सञ्चालनमा रहेको उक्त आयोजनाको प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभेलोपमेन्ट प्रालि थियो ।

आयोजनाका प्रबन्धक विजयमोहन भट्टराईले शनिबारपछि सुरुङभित्रको खोजी कार्य स्थगित भएको बताए । सुरुङभित्र २ जनाको शवबाहेक केही नभेटिएपछि उद्धार टोलीले थप खोजी आवश्यक नरहेको बताउँदै खोजी कार्य स्थगित गरिएको उनको भनाइ छ ।

आयोजनाको पेनस्टक पाइट काटेर सुरुङभित्र प्रवेश गरी खोज्दा २ जनाको शव भेटिएको थियो । दुवै शव विक्षिप्त अवस्थामा रहेकाले अझै पहिचान हुन नसकेको इप्पानले जनाएको छ । अब डीएनए परीक्षण गरी पहिचान गरेर परिवारलाई हस्तान्तरण गरिनेछ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।