२०८३ भाद्र २८ आईतवार
Search
२०८३ भाद्र २८ आईतवार

५८७ विदेशी नागरिकसहित ५ हजार ३३६ जना अझै बेपत्ता

 

काठमाडौं, भदौ २३ : भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १ हजार ३५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान विवरण सार्वजनिक गर्दै बाढीबाट मृत्यु भएका मध्ये १ हजार ३५७ जनाको शव फेला परेको जनाएको छ।

फेला परेका शवमध्ये १०२ वटा सनाखत भइसकेको छ। मृतकमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, तनहुँमा ३८ र चितवनमा ३६३ जनाको शव फेला परेको छ। जसमध्ये कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।

प्राधिकरणका अनुसार ५ हजार ३३६ जना अझै सम्पर्कविहीन छन्।सम्पर्क बिहीन हुने ५८७ विदेशी नागरिक रहेका छन्। 

 

 

 
facebook sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।