२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

२० औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई

 

काठमाण्डौ, भदौ २५  : आउँदो असोज ३ गते जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ । बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रममाबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीसहितको टोलीलाई विदाई गरेका हुन् । 

विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीहरूले गरेको कडा परिश्रम, त्याग र आत्म–अनुशासनको उच्च प्रशंसा गर्दै देशको प्रतिनिधित्व गर्न पाउनु नै सबैभन्दा ठूलो गर्वको विषय भएको उल्लेख गरे । उनले पदक जित्नु दोस्रो प्राथमिकता रहेको तर बिना दबाब र निडर भएर खेल भावनाका साथ आफ्नो उत्कृष्ट प्रदर्शन दिन खेलाडीहरूलाई सुझाव दिए । 

इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने सबै खेलाडी तथा टोलीलाई विमानस्थलमा विदाई तथा स्वागत व्यवस्था मिलाइएको उनको भनाइ छ । उनले राज्यको लगानी र व्यवस्थापनमा भएका कमजोरीप्रति क्षमायाचना गर्दै आगामी दिनमा खेलाडीलाई अझ उच्च स्तरको सुविधा र सम्मान दिने प्रतिबद्धता व्यक्त गरे । 

एसियाली खेलकुदमा विभिन्न २१ खेल विधामा ५७ महिला र ७८ पुरुष गरी कुल १३५ खेलाडी सहभागी हुनेछन् । त्यस्तै २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिकसहित खेल टोलीमा जम्मा १८३ जना रहेका छन् । 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।