२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

अधिकृतलाई हनिट्रयापमा पार्ने महिला कारागार चलान

 

काठमाण्डौ, भदौ २५ :  भदौ २५ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतलाई हनिट्रयापमा पारेको आरोपमा ३२ वर्षीया महिला थुनामा गएकी छन् । 

रामेछाप घर भएर काठमाडौँ बस्दै आएकी कुसुम गुभाजुलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको हो । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले उनलाई पुर्पक्षमा पठाएका हुन् । अदालतको आदेश अनुसार गुभाजु कारागार चलान भइसकेकी छन् ।

गुभाजुले ४ वर्षअघि सामाजिक सञ्जालबाट चिनजान भएका राष्ट्रिय अनुसन्धान विभागका एक जना अधिकृतलाई हनिट्रयापमा पारेर रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जाहेरवाला अधिकृतले आफूसँग गुभाजुले २०८३ जेठमा पटक पटक गरेर २७ लाख नगद असुलेको बताएका छन् ।
प्रतिवादी महिलाले पनि प्रहरीसँगको बयानमा नगद लिएको स्वीकार गर्दै भनेकी छन्, ‘२० लाख नगद उहाँले खुसीले दिनुभएको हो ।’ अन्य ७ लाख रकम चाहिँ कोठा भाडा र रासन बापत दिएको र सो रकमबाट खरिद गरेको सामान ती अधिकृतले पनि उपभोग गरेको गुभाजुले जिकिर गरेकी छन् । सामाजिक सञ्जालमार्फत चिनजान भएर नजिक भएपछि केही समय दुवै जना कपन र वसुन्धाराको डेरामा सँगै बसेको महिलाले दाबी गरेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध आपराधिक लाभ तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । 

गुल्मीको मुसिकोट नगरपालिका–३ घर भएकी गुभाजुले रामेछापमा विवाह गरेकी थिइन् । अदालतको आदेशले उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले लालबिहानीलाई बताए। 

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।