२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

चिनियाँ राजदूत बाढीग्रस्त नुवाकोटमा

 

काठमाण्डौ,भदौ २६ : बाढीले खण्डहर बनाएका नुवाकोटका विभिन्न स्थानको चिनियाँ राजदूतले स्थलगत अवलोकन गरेका छन् । बाढी गएको १६ दिनपछि बिहीबार नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नुवाकोटका बाढीग्रस्त स्थानहरूको स्थलगत अवलोकन, निरीक्षण तथा भ्रमण गरेका हुन् ।

राजदूत माओमिङले आफ्ना अधिकारीहरूसहित नुवाकोटको बाढीग्रस्त विदुर नगरपालिकाका विभिन्न स्थानको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । माओमिङले भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले क्षति पुर्‍याएका नुवाकोटका ढुंगे, त्रिशूली, शुभघाट, भैंसेलगायतका स्थानहरूको अवलोकन भ्रमण गरेका हुन् ।

काठमाडौंबाट स्थलमार्ग हुँदै नुवाकोट आइपुगेका चिनियाँ राजदूतले राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने जनाएका छन् । विपत्तिमा सधैं नेपाललाई चीनले सहयोग गरिरहेको समेत उनले बताए । चिनियाँ राजदूत माओमिङले नुवाकोटका सरकारी अधिकारीहरूसँग विनाशकारी बाढीले गरेको क्षतिका सम्बन्धमा संक्षिप्त जानकारीसमेत लिएका छन्। विनाशकारी बाढीमा परी बिहीबारसम्म नुवाकोटमा १ सय ९८ जनाको शव निकालिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीमा परेका ६६ जनाको उपचार गरिएको छ भने बिहीबारसम्म पनि खोजी कार्य जारी रहेको छ।

 
हालसम्म २ सय ७१ जना विदेशी नागरिकसहित २ हजार ६ सय ९१ जना हराइरहेको प्रशासनका अधिकृत रूपेशप्रसाद नेपालले लालबिहानीलाई जानकारी दिए । बाढीमा परेका, फसेका र विभिन्न स्थानमा अड्किएकासमेत गरी ३ हजार ४ सय ९१ जनाको हवाई तथा स्थलगत उद्धार गरिएको उनले बताए । नुवाकोटका बाढीपीडितहरूका लागि विभिन्न २५ स्थानमा कायम आश्रय केन्द्रमा हालसम्म १ हजार २ सय ९४ महिलासहित २ हजार ६ सय २० जना आश्रित छन् ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।