काठमाण्डौ,भदौ २७ : एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएई विरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको वायुमास क्रिकेट ओभलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा युएइलाई पराजित गरेमा नेपाल दोस्रो पटक एसिया कपमा छनोट हुनेछ ।
नेपालको खेलाडीहरु सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, ललित राजवंशी, करण केसी छन ।












