२०८३ भाद्र २७ शनिबार
Search
२०८३ भाद्र २७ शनिबार

मन्त्री फेरिँदैमा जनताले ग्यास पाउँछन् ?

 

काठमाण्डौ,भदौ २७  :  काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा यतिखेर खाना पकाउने एलपी ग्यासको चरम हाहाकार छ । नागरिकहरू खाली सिलिन्डर बोकेर सडकमा भौँतारिरहेका छन्, कोही सडकमै भात पकाएर खाएर त कोही ग्यास देऊ सरकार भन्दै आन्दोलनमै उत्रिएका छन् ।

उपभोक्ताको चुलो नबलेपछि चौतर्फी आलोचना र दबाब थेग्न नसकेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अन्तत: पदबाट राजीनामै दिइन्

बालेन शाह नेतृत्वको सरकार बनेयता साढे पाँच महिनादेखि ग्यासको चरम अभाव भोगिरहेका सर्वसाधारणका लागि विभागीय मन्त्रीको राजीनामा र नयाँ मन्त्री नियुक्तिले ठूलै तरंग त ल्याएको छ, तर आम उपभोक्ताको मनमा भने अझै पनि एउटै अनुत्तरित प्रश्न छ– ‘के मन्त्री फेरिँदैमा नागरिकको घरमा भएको रित्तो सिलिन्डर भरिएर आउँछ ?’

करिब दुई तिहाइ बहुमत सहित शक्तिशाली सरकार बनेपछि चुड्कीकै भरमा आपूर्ति व्यवस्था सहज हुने, सुशासन कायम हुने र दैनिक उपभोग्य वस्तुमा कालोबजारी अन्त्य हुने अपेक्षा गरेका नागरिक अहिले निराश छन् ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।