काठमाण्डौ, भदौ २७ : नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष महाधिवेशन गर्नका लागि तयारीमा जुटेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले अधिवेशनको गतिविधि गर्न लागेकोले आफूहरु पनि तयारीमा जुटेको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले लालबिहानी लाई बताए ।
देउवा पक्षले कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१,२२ र २३ गते गर्ने घोषणा गरेको छ। शनिबार देउवा पक्षका सचिवालय समन्वय समितिका संयोजक कुइँकेलले विज्ञप्ति जारी गर्दै महाधिवेशन र तल्लो तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको लालबिहानी लाई बताए ।
‘कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको २०८३ भाद्र १७ र १८ गते बसेको बैठकले नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने गरी,असोज १५ गते वडा अधिवेशन गर्ने निर्णय भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘अधिवेशनहरु सम्पन्न गर्नका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पठाउने निर्णय भए अनुसार जिल्ला अधिवेशन तयारी समिति, संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समितिहरु आश्विन ३ गतेभित्र गठन गरि सक्नेगरी निम्न जिल्लाहरूमा निम्नानुसार केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय भएको जानकारी गराउँदै सबै तहका जिम्मेवार साथीहरू, क्रियाशील सदस्यहरू शुभेच्छुकहरुमा आवश्यक सहयोग, समर्थन र सहभागिताका लागि निर्देशानुसार हार्दिक अनुरोध गर्दछु।’
इत्तर पक्षले चुनदेवीमा कार्यालय खोलेको छ।














