काठमाण्डौ, भदौ २७ : औरही गाउँपालिकामा आयोजित ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव संकलन’ कार्यक्रममा पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल बोल्ने क्रममा विवादभएपछि कार्यक्रम छोडेर हिडेका छन् ।
जिल्ला समन्वय समिति प्रमुख दिनेश महतोलाई बोल्न नदिएर मन्त्री पोखरेल बोल्न थालेको भन्दै विवाद भएको हो। कार्यक्रममा सहभागीहरुले हो–हल्ला गर्दै विरोध गरेपछि सरकारका प्रवक्ता समेत रहेका पोखरेलले बोल्दाबोल्दै कार्यक्रमस्थलबाट बाहिरिनु परेको हो ।
औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल सिरहा पुगेका थिए । तर, कार्यक्रममा स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको र आफ्नै पार्टीका नेता–कार्यकर्तालाई अपमान गरिएको भन्दै विरोध भएपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।












