२०८३ भाद्र २७ शनिबार
Search
२०८३ भाद्र २७ शनिबार

प्रधानमन्त्रीको एकलकाँटे प्रवृत्तिले राष्ट्रिय समस्या बन्यो- प्रचण्ड

 

काठमाण्डौ, भदौ २७  :  नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको एकलकाँटे र हेपाहा प्रवृत्ति नै मुख्य समस्या भएको बताएका छन् । शनिबार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकहरूको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाए ।‘सबै मिलेर जनताको उद्धार र राहतमा केन्द्रित हुनुपर्छ र त्यसका लागि सबैसँगको समन्वय आवश्यक छ भन्ने कमिन्टमेन्ट गरियो,’ उनले भने, ‘तर, सरकारको तर्फबाट खोज, उद्धार र राहतमा जति समन्वय र तत्परता देखाउनुपर्ने हो । बाढी गएको ५ दिनसम्म त सरकार देखिँदै देखिएन ।’

यसअघि भूकम्पलगायतका राष्ट्रिय विपत्ति आइपर्दा आफूले सत्ता र प्रतिपक्ष केही नभनी सरकारलाई पुर्णरूपमा साथ दिएको प्रचण्डले लालबिहानी लाई बताए  ।

‘सेना भए पुग्छ जस्तो गरियो । तर, सेनाले त राम्रो काम गरेको छ । सेनालगायत सुरक्षा निकायलाई त हामीले धन्यवाद नै भनेका छौँ’, उनले भने ।

यो महाविपत्तिको सामना गर्न सेना एक्लैले गरेर मात्रै सम्भव नभएको बताउँदै उनले स्थानीय सरकार, प्रादेश सरकार र राजनीतिक दलहरूदेखि सबै सामाजिक संघसंस्थाहरूको सहयोग आवश्यक रहेको संयोजक प्रचण्डले बताए ।

‘त्यसका लागि समन्वय गर्ने दायित्व सरकार र मुख्यत: प्रधानमन्त्रीकै हुन्छ । प्रधानमन्त्रीले न त सर्वदलीय सहमतिका लागि प्रयास नै गर्नुभएको छ, न विगतको अनुभवहरू के हुन् भनेर अनुभवीहरूसँग राय, सल्लाह, सुझाव लिन खोज्नुहुन्छ,’ उनले भने, ‘बरू देखेर पनि नदेखेझैँ गरी हिँड्नुहुन्छ । यही नै अहिलेको राष्ट्रिय समस्या भएको छ ।’

विभिन्न विज्ञहरूले विपत्तिमा सहयोग गर्न चाहन्छौँ भन्दा पनि सरकारले ध्यान नदिएको प्रचण्डले आरोप लगाए । उनले भने, ‘सुरुङभित्र फसेका नागरिकहरूलाई बचाउँछौँ भन्दा पनि सरकार धेरै दिनसम्म सहयोग चाहिँदैन भन्दै घमण्ड गरेर बसिरह्यो । आफैँ बचाउँछौँ भन्दै गम्भीर देखिएन । त्यहिँनेर नै ब्लन्डर मिस्टेक भयो ।’

पछि १० दिनपछि तिनै विज्ञ आएर सुरुङबाट मान्छे बचाएको उनले दाबी गरे । बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि जिल्ला समन्वय समिति नुवाकोटको आह्वानमा राखिएको सर्वपक्षीय बैठकमा पनि प्रचण्ड सहभागी भएका थिए । बैठकमा उनले सबै पक्ष मिलेर जनताको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।