२०८३ भाद्र २७ शनिबार
Search
२०८३ भाद्र २७ शनिबार

पूर्वतयारी गर्न नसकेका कारण धेरै मानवीय क्षति भयो :- अध्यक्ष घिसिङ

 

काठमाण्डौ, भदौ २७ :  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको लालबिहानी लाई बताएका छन् । 

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने बताए । 

उनले देशमा आइपरेको ठूलो प्राकृतिक विपद्को सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राखे। त्यस्तै घिसिङले जेन–जी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवाहरूमा निराशा बढेको र विदेशिने दर झन् दोब्बर भएको टिप्पणी गरे ।  साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याइएको उनले बताए । 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।