२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै

 

काठमाण्डौ,असौज ६ : प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अपरान्ह अमेरिकाको न्युयोर्क जाँदैछन् । राष्ट्रसंघको ८१औं महासभामा भाग लिनका लागि शाह १४ सदस्यीय प्रतिनिधिमण्डलसहित आज अपरान्ह कतार एअरवेजको उडानबाट दोहा हुँदै न्युयोर्क जाने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय, निकायलाई असोज २ गते पठाएको अत्यन्त गोप्य र जरुरी पत्रमा प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्ने क्रममा र १० गते काठमाडौं आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ ।

परराष्ट्रको पत्रमा प्रधानमन्त्री शाह सरकारी निवासबाट गाडीमा सोझै विमानस्थलको ‘टरम्याक’ पुगेर विमान चढ्ने उल्लेख छ । लेखिएको छ, ‘…प्रस्थान तथा आगमनको समयमा अति विशिष्ट कक्ष (भिभिआईपी लाउञ्ज) मा सम्माननीय प्रधानमन्त्रीज्यूको बिदाई तथा स्वागतका लागि विशिष्ट पदाधिकारीज्यूहरुको उपस्थितिको लागि उर्दीको आवश्यकता नरहेको..।’ यसरी लेखिएको पत्रको बोधार्थ नेपाल प्रहरी,सशस्त्र प्रहरी, ट्राफिक प्रहरी कार्यालयलाई दिइएको छ । पत्रमा शिष्टाचार महापाल कुमार खरेलको हस्ताक्षर छ । बिदाइ र स्वागतमा सारा काम धाम छाडी ताँती लागेर एअरपोर्ट जानैपर्ने परम्परा यसरी तोडिनुलाई सकारात्मक पहलका रूपमा लिइएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।