काठमाडौं, असौज ६: २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डी टिमले विजयी सुरुवात गरेको छ । जापानको तोकाइ सिटिजन जिन्मेसियममा भएको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले हराएको हो ।
समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई हराएको हो ।
महिला कबड्डीमा ८ टोलीले सहभागिता जनाएको छ । समूह ‘बी’ मा नेपालसँगै थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेइ रहेका छन् । समूह ‘ए’मा इरान, भारत, बंगलादेश र जापान रहेका छन् ।
कबड्डीमा नेपालको पुरुष टोलीले भने लगातार दोस्रो हार बेहोरेको छ। नेपालको पुरुष कबड्डी टोली आज पाकिस्तानसँग हारेको हो ।












