२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

जलवायु संकटबारे वैज्ञानिकको चेतावनीलाई विश्वका राजनीतिज्ञले बेवास्ता गरे: वालेन्द्र शाह

 

काठमाण्डौ,असौज ९ : प्रधानमन्त्री वालेन्द्र शाह ले वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको जलवायु संकटको चेतावनीलाई विश्वका राजनीतिज्ञहरुले बेवास्ता गरेको बताएका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित मानवीय तथा विकास संकटलाई विश्व समुदायसामु राख्दै जलवायु संकटको चेतावनीलाई बेवास्ता गरेको उल्लेख गरेका हुन् । 

हिमालय क्षेत्रबाट आएको जलवायु संकटको चेतावनीलाई अब विश्वले सुन्ने मात्र नभई तत्काल ठोस कदम चाल्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए। चार साताअघि नेपालको हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले भोटेकोशी–त्रिशूली विपद् नेपालमा मात्र सीमित त्रासदी नभएर सिङ्गो विश्वका लागि गम्भीर चेतावनी भएको बताए । विकास, लोकतन्त्र र युवाको आशाबारे बोल्नुपर्ने मञ्चमा आफू मृत्यु, विनाश, बेपत्ता नागरिक र बाढीले ध्वस्त पारेका पूर्वाधारको क्षति विवरण प्रस्तुत गर्न बाध्य भएको उनले उल्लेख गरे ।

जलवायु संकट कुनै एउटा देश वा महादेशलाई दोष दिने विषय नभई साझा जिम्मेवारी भएको बताउँदै उनले ऐतिहासिक रूपमा बढी उत्सर्जन गर्ने र उच्च क्षमता भएका राष्ट्रहरूले यसको ठूलो दायित्व लिनुपर्ने बताए । सम्बोधनका क्रममा उनले विपद्को कठिन घडीमा सहयोग पुर्‍याउने छिमेकी मुलुकहरू भारत, चीन, संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूप्रति आभार व्यक्त गरे।

तापक्रम वृद्धिका कारण हिमाली ढलान कमजोर भई हिमपहिरो र बाढीको जोखिम तीव्र रूपमा बढिरहेको तर्फ संकेत गर्दै प्रधानमन्त्री शाहले भने, ‘जलवायु परिवर्तनले सीमा चिन्दैन, हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्।’

विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि नेपालले यसको ठूलो मूल्य चुकाउनु परिरहेको उनले स्पष्ट पारे। यो विपद्का कारण कम्तीमा १ हजार ४ सय जनाको मृत्यु पुष्टि भएको, ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको र भौतिक पुनःस्थापनाका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बराबरको बजेट आवश्यक पर्ने प्रारम्भिक मूल्यांकनसमेत उनले महासभामा प्रस्तुत गरे।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।