काठमाण्डौ,असौज ९ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको आगलागीबाट १० वटा घरमा क्षति पुगेको छ। डङ्डु शेर्पाको ढुंगा, माटो र टिनको छानो भएको दुईतले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट सुरु भएको आगलागीमा ९ घर पूर्णरूपमा जलेर नष्ट भएका छन् भने एक घरमा आंशिक क्षति पुगेको छ।
बिहिबार दिउँसो करिब १ः४० बजे सुरु भएको आगो फुङलिङ नगरपालिकाका दुई वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल बजगाईंले जानकारी दिएका छन् । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।












