२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

बुटवल – पाल्पा सडकमा यात्रा गर्न रोक

 

लुम्बिनी,असौज ९ : सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल – पाल्पा सडक पहिरोले अवरुद्ध सडक अझै खुल्न सकेको छैन । निरन्तर वर्षासँगै सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेर सडक शुक्रबार विहानदेखि अवरुद्ध भएको थियो । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलका प्रमुख निशान थापाले निरन्तर वर्षा र जोखिमका कारण सडक खुलाउन नसकेको जानकारी गराए ।

सडकमाथिबाट खसेको पहिरोपछि यातायात आवागमन शुक्रबार विहानदेखि अवरुद्ध भएको थापाले लालबिहानीलाई बताए । मौसम पूर्वानुमान महाशाखाले देशभर भारी वर्षाको चेतावनी दिएसँगै सडक सुरक्षामा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । सुरक्षा सतर्कताका लागि विहिबार साँझदेखि शुक्रबार विहानसम्म अत्यावश्यक बाहेरकका सवारी साधनलाई बुटवल – पाल्पा सडकमा यात्रा गर्न रोक लगाइएको थियो ।

वर्षाको समयमा नदी तटीय क्षेत्र तथा डुवान हुन सक्ने ठाउँहरुमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई सूचना जारी गर्दै आएको छ । सकेसम्म लामो यात्रा नगरन र गर्नु परेमा पनि आवश्यक जानकारी, सुचना लिएर सुरक्षा सचेतना अपनाउन आग्रह गरिएको छ । बुटवललगायत देशका विभिन्न ठाउँहरुमा विहिबार विहानदेखि नै निरन्तर वर्षा भैरहेको छ ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।