२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

कालीगण्डकी बाढीले पर्वतमा ८० घर बगायो

 

कुस्मा,असौज ११ :  कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ८० घर बगाएको छ ।

बस्तीमा कालीगण्डकीको बाढी पस्दा ८० घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले लालबिहानीलाई बताए । शनिबार रातिदेखि नै बाढी बस्तिमा पस्न सुरु भएपछि मानिसहरू सुरक्षित स्थानमा गएका थिए ।

मानवीय क्षतिबारे भने अहिलेसम्म केही जानकारी नआएको सशस्त्र प्रहरीले बताएको छ ।अन्य घरहरू समेत उच्च जोखिममा रहेकोको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं. २५ चन्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सर-सामान तथा सबै स्थानीयहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।