चितवन, असौज १२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट १५ औै महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्। चौधरी मधेसी कलस्टरबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् । सोही कलस्टरबाट उमेशचन्द्र यादव पनि सर्वसम्मत निर्वाचित भएका छन् । यादव प्रतापपुर गाउँपालिकाका अध्यक्ष हुन् ।
चौधरी उक्त निर्वाचन क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवारी बनेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचित भएपनि गत निर्वाचनमा भने उनी पराजित भएका थिए । उक्त निर्वाचन क्षेत्रबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन हुने भएपनि विभिन्न कलस्टरबाट ७५ जनाको उम्मेदवारी परेको छ। जसमा विभिन्न कलष्टरबाट ८ जना महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भइसकेका छन् । सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न कलष्टरमा सोमबार मतदान भएको छ । मत परिणाम सोमबार राति अबेरसम्म आउन सक्ने निर्वाचन अधिकृत एंव अधिवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।












