२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज

सुर्खेत  असौज १२ :  कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज गर्ने प्रदेश सभाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । प्रदेश सभा सदस्यको निर्णय कार्यान्वयन नगर्न भन्दै शर्माले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज गर्दै प्रदेश सभा सदस्य पद रिक्त गरेको छ ।

शर्माले नेपाली कम्युनिस्ट पार्टीलाई विपक्षी बनाई अदालतमा रिट निवेदन दायर गरेका थिए । नेपाली कम्युनिस्ट पार्टीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत फागुनमा निष्कासन गरेपछि कर्णाली प्रदेशसभा सचिवालयले उनको पद रिक्त भएको औपचारिक जानकारी दिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम उनलाई पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको थियो । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।