२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

१५ औं महाधिवेशनमार्फत मतभेदलाई समाधान गरेर थप मजबुत बनाउने देउवाको प्रतिबद्धता

काठमाण्डौ,असौज १५ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण गरेका छन् । आज एक अपिल जारी गर्दै देउवाले झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको अधिवेशन निकै महत्वपूर्ण रहेको बताएका हुन् ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई थप मजबुत बनाउन पनि १५ औं महाधिवेशन  निकै महत्वपूर्ण भएको उनको भनाई छ। ‘झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीको यो अधिवेशन निकै महत्वपूर्ण छ। हामीले नेपालमा लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई थप मजवुत बनाउन पनि १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ।’ 

उनले कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गतको देशभरका वडाहरुको अधिवेशन आजबाट सुरु हुने जानकारी गराए। ‘म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पुरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लाशका साथ सहभागि भएर सम्पन्न गर्नुहुनु हार्दिक अनुरोध गर्दछु।’ उनले भने, ‘साथै पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशन मार्फत समाधान गरेर पार्टीलाई थप मजवुत बनाउने प्रण पनि गर्दछु ।’

गगन थापाको संस्थापन पक्षले वडा र पालिकाको अधिवेशन सकेर क्षेत्रीय अधिवेशन जारी राखेको छ। कांग्रेसको देउवा-कोइराला समूहले समानान्तर समिति बनाउन लागेका हुन् ।

 

 
facebook sharing button
messenger sharing button
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।