२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

काठमाडौंका केहि क्षेत्रमा दिउँसो ५ घण्टासम्म लोडसेडिङ

 

काठमाण्डौ असौज १५ :  नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युतीय वितरण लाइनलाई भूमिगत गर्ने कार्य तथा आगामी हिउँदको माग (लोड) व्यवस्थापनका लागि राजधानीका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ । प्राधिकरणअन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले एक सूचना जारी गर्दै आज १५ असोजदेखि २६ असोजसम्म विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा दैनिक पाँच घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको हो ।

आयोजनाका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी, कीर्तिपुर तथा मिनभवन वितरण केन्द्रअन्तर्गत पर्ने स्थानहरूमा निर्धारित मितिमा बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म लाइन काटेर प्राविधिक कार्य अगाडि बढाइनेछ ।

प्राधिकरणद्वारा सार्वजनिक तालिकाअनुसार आज कुलेश्वर वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत बौथाली चोक वरिपरिका क्षेत्र तथा १६ असोजमा कीर्तिपुर वितरण केन्द्रको मच्छेगाउँ फिडरअन्तर्गत दोभान चोक र खुसी चोक क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । 

त्यस्तै, १७ असोजमा जोरपाटी वितरण केन्द्रअन्तर्गत मूलपानी स्वीचिङ, १८ असोजमा कुलेश्वरको बलम्बु फिडरअन्तर्गत बर्गर हाउस/गुर्जुधारा क्षेत्र, २० असोजमा जोरपाटीको मूलपानी फिडरअन्तर्गत बाबा चोक र मिलन चोक क्षेत्र तथा २१ असोजमा कुलेश्वरकै बलम्बु फिडरअन्तर्गत पीएसएसदेखि खाद्दु खोलासम्म बिजुली जानेछ ।

यसैगरी, २२ असोजमा बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडरअन्तर्गत कोटेश्वर-बालकुमारी क्षेत्र, २४ असोजमा बानेश्वरकै पशुपति फिडरअन्तर्गत सिफल क्षेत्र, २५ असोजमा कुलेश्वरको सतुङ्गल फिडरअन्तर्गतका क्षेत्र (धौलागिरी आवास क्षेत्र) र २६ असोजमा मीनभवन वितरण केन्द्रको धोबीखोला फिडरअन्तर्गत धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ । 

 

पछिल्लो अध्यावधिक: असोज १५, २०८३ ९:१६

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।