२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज

काठमाडौँ  ,असौज १६ : नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो । 

उनीहरूको शपथ ग्रहण दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा राखिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । मनोनीत भएका केन्द्रीय कमिटी सदस्यहरूमा काशीनाथ अधिकारी (चितवन) देवराज घिमिरे (झापा), हरि रिजाल–(प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई(ईलाम), नन्दराम देवकोटा(खोटाङ), धर्म गिरी(प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौँ), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरूङ (मनाङ), प्रेम दङ्गाल(काठमाडौँ), सुरेन्द्र उदास(भोजपुर), विनोद पाण्डे(काठमाडौँ), पुष्पराज श्रेष्ठ(सिन्धुली), विमला घिमिरे(कपिलवस्तु) रहेका छन् । त्यसैगरी शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा(धादिङ), बिना बास्तोला(भक्तपुर) रहेका छन् । 

अन्य पार्टीबाट समायोजन भएकाहरुमा मोहम्मद इस्तियाक राई(बाँके), प्रदीप यादव(पर्सा), अब्दुल हुसैन अंसारी(सुनसरी), डिबी कार्की(स्याङ्जा), भवानी खापुङ(तेह्रथुम), दीपक साउद(अछाम), जय गोले तामाङ(काठमाडौँ), धर्मराज निरौला(सुनसरी), रवि चामलिङ(खोटाङ), विनोद पहाडी(रुपन्देही), श्रीप्रसाद शर्मा(बागलुङ), रामप्रीत राम(सिराह) र ध्रुव विष्ट(भक्तपुर) रहेका छन् । 
सोही केन्द्रीय कमिटी बैठकले ७ जना नेतालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । स्थायी कमिटी चयन भएका सदस्यहरूमा ईश्वर पोखरेल (काठमाडौ), प्रदिप ज्ञवाली(गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे(झापा), शिवमाया तुम्वाहाम्फे(मोरङ), लालबाबु पण्डित(मोरङ) र थममाया थापा(म्याग्दी) रहेका छन् ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।