संखुवासभाको भोटखोला गाउँपालिका–१, किमाथांकास्थित नेपाल–चीन सीमा नाका बन्द गरिएको छ । जनगणतन्त्र चीन स्थापनाको ७७औँ वार्षिकोत्सवका अवसरमा चीनले दिएको तीन दिने सार्वजनिक बिदाका कारण उक्त नाका बन्द गरिएको हो ।
चिनियाँ पक्षका अनुसार अस्ति साँझदेखि बन्द रहेको नाका शनिबारसम्म बन्द हुने छ । किमाथांका सीमानामा खटिएका चिनियाँ प्रहरीले इलाका प्रहरी कार्यालय किमाथांकालाई मौखिक जानकारी गराउँदै असोज १४ गते साँझ ६ बजेदेखि असोज १७ गते बिहान ८ बजेसम्म नाका बन्द रहने जानकारी दिएका हुन् ।
चीनमा यो अवसरमा औपचारिक बिदा तीन दिन भए पनि सप्ताहव्यापी बिदा मिलाइएका कारण एक साता कार्यालय बन्द हुन्छ । चिनियाँहरु आन्तरिक तथा वाह्य पर्यटनमा निस्किएका छन् ।












