२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

‘लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम हुँदैछ’-मुख्यमन्त्री चेतनारायण आचार्य

 

भालुबाङ्ग,असौज १६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन ।

जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताए । उनले सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने उल्लेख गर्दै जनताले अब विकासको प्रतिफल खोजिरहेको लालबिहानीलाई बताए । 

‘विकासको पहलकदमी लिएका छांै। अहिले जनताले परिणाम खोजेका छन्। कुराले मात्रै चिउरा भिज्दैन। आलोचना गरेरमात्रै विकास हुँदैन,’ उनले भने ।मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासमा प्रदेश सरकारसँगै संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । 

संघीय सरकारअन्तर्गतका कतिपय आयोजना बजेट अभाव र अन्य कारणले अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले त्यस्ता आयोजनालाई अघि बढाउन संघीय सरकारसँग निरन्तर समन्वय र पहल भइरहेको जानकारी दिए । उनले संघीय सरकारका ससर्त कार्यक्रम तथा आयोजनामा बजेट रोकिँदा प्रदेशका जिल्लामा विकास निर्माण प्रभावित भएको लालबिहानीलाई बताए। अर्घाखाँचीमा मात्रै संघीय सरकारका २७ वटा ससर्त आयोजना रहेको उल्लेख गर्दै उनले विनियोजन भएका आयोजना तथा बजेट कार्यान्वयनको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका विकास आयोजनालाई राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा नभई आवश्यकता र परिणामका आधारमा मूल्यांकन गर्नुपर्ने बताए । विकास निर्माणका विषयमा हुने गलत प्रचारको अन्त्य गर्नुपर्ने भन्दै उनले राम्रो काम गर्ने कार्यालय तथा कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। ‘सोलोडोलोमा मूल्यांकन गरिनु हुँदैन। 

काम गर्नेहरूको मुल्यांकन हुन जरुरी छ,’ उनले भने, ‘राम्रा काम गर्ने कार्यालय र कार्यालयभित्रका कर्मचारीलाई हामीले दिलैदेखि धन्यवाद दिनुपर्छ।’ वनसम्बन्धी कानुन संशोधन नहुँदा प्रदेश र स्थानीय तहको विकास तथा राजस्व संकलनमा समेत असर परेको मुख्यमन्त्री आचार्यले बताए । वन तथा नदीजन्य पदार्थबाट अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको उल्लेख गर्दै उनले संघीय सरकारसँग कानुनी तथा नीतिगत सुधारका लागि निरन्तर पहल भइरहेको बताए। 

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, सिँचाइ तथा सडकको क्षेत्रमा पछिल्लो समय उल्लेख्य काम भएको बताए। अर्घाखाँचीको उदाहरण दिँदै उनले जिल्लामा पक्की तथा झोलुंगेपुल निर्माण, सिँचाइ पूर्वाधार विस्तार, विद्युतीकरण, विद्यालयको भौतिक सुधार र आधारभूत अस्पतालमा चिकित्सक पठाउने काम भएको बताए।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।