२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

११२ कम्पनीका सवा ७१ अर्बको आईपीओ पाइपलाइनमा

काठमाण्डौ,असौज १७ :  नेपाली सेयर बजारको प्राथमिक निष्कासन (आईपीओ) तर्फ कम्पनीहरूको आकर्षण बढ्दै गएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्राथमिक सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीको संख्या १ सय १२ पुगेको छ। यी कम्पनीले कुल ४९ करोड ६४ लाख १५ हजार ५ सय २० कित्ता सेयर निष्कासन गरी ७१ अर्ब २४ करोड १३ लाख ८० हजार रुपैयाँ पुँजी संकलन गर्ने प्रस्ताव गरेका छन्।

वास्तविक क्षेत्रका ठूला उद्योगलाई पुँजी बजारमा ल्याउने सरकारी नीति, व्यवसाय विस्तारका लागि पुँजी जुटाउने आवश्यकता तथा सर्वसाधारणको प्राथमिक बजारप्रतिको आकर्षणका कारण आईपीओको पाइपलाइन ठूलो र क्षेत्रगत रूपमा विविध बन्दै गएको देखिन्छ। तर, प्राथमिक बजारमा निष्कासनका लागि कम्पनीहरूको ठूलो संख्या पाइपलाइनमा रहेकै अवस्थामा द्वितीय बजारमा भने कारोबार र माग अपेक्षाकृत सुस्त रहेको लगानीकर्ताहरूको भनाइ छ। यही कारण आईपीओको संख्या बढाउनेभन्दा पनि गुणस्तरीय कम्पनीलाई प्राथमिकता, नियामकीय स्पष्टता र लगानीकर्ताको विश्वास कायम गर्नुपर्ने विषयमा सेवोन पुगेको हुन सक्ने सेयर लगानीकर्ता छोटेलाल रौनियारको दावी छ। 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।