२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

मुस्ताङमा डोल्पाका च्याङ्ग्रा

 

काठमाण्डौ,असौज १८ :  दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ लैजान थालिएको छ ।

उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्‍याइएको हो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा र काठमाडौँका बजारतर्फ लैजाँदैछन् ।

त्रिपुरासुन्दरीका विक्रेता शिवानन्द गिरीका अनुसार यसपटक उपभोक्ताको मागलाई ध्यानमा राखेर एक हजारभन्दा बढी च्याङ्ग्रा बजार पुर्‍याउने लक्ष्य राखिएको छ । 

‘हिमाल पार गरेर च्याङ्ग्रा बजारतर्फ लैजाँदैछौँ । उपभोक्ताको मागअनुसार नै च्याङ्ग्रा झार्न थालेका हौं’, उनले भने । उपल्लो डोल्पाबाट च्याङ्ग्रा बजारसम्म पुग्नु आफैंमा सहज यात्रा भने होइन । हिमाली भौगोलिक अवस्थाका कारण लामो दूरी पैदल यात्रा गराउनुपर्ने अवस्था छ ।  हिमाली क्षेत्र पार गर्दै मुस्ताङतर्फ झारिएका च्याङ्ग्रा त्यसपछि पोखरा हुँदै अन्य बजारमा पुग्छन् । यसरी च्याङ्ग्राको यात्रा हिमाली चरन क्षेत्रदेखि उपभोक्ताको भान्सासम्म जोडिन्छ ।    

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।