२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

बोराभित्र लुकाएर ल्याइएका १२ थान मोबाइलसहित एक जना पक्राउ

 

काठकमाण्डौ, असौज २० :  रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट परिचालित बोर्डर एक्सन टिम (BAT) र भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार गौर नगरपालिका–१ स्थित भन्सार कार्यालयको गेटअगाडि चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी यात्रुवाहक टाटा सुमोको छतमा राखिएको आलुको बोराभित्र लुकाइछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा १२ थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार  बरामद मोबाइलको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको छ। मोबाइलसहित भारतको सीतामढी जिल्ला, असोगी ग्राम वडा  ४ बस्ने करिब ४१ वर्षीय अमरनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।