गुल्मी,असोज २१ : गुल्मीका चार स्थानीय तहका विभिन्न स्थानमा आज दिनभर विद्युत् सेवा बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका अनुसार उनायचौर-किसानटारी ३३ केभी विद्युत् प्रसारण लाइन नजिक रहेका रुखका हाँगा काट्ने कार्यका लागि विद्युत् सेवा बन्द गर्न लागिएको हो । विद्युत् लाइनको सुरक्षित सञ्चालन तथा सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरिने उक्त कार्यका कारण मालिका, मदाने, धुर्कोट र इस्मा गाउँपालिकाका विभिन्न स्थानमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।












