२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

कांग्रेस महाधिवेशनको चौथो दिन

 

काठमाण्डौ, असौज २१ :  नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार रञ्जित कर्णले अब राजनीतिक दलहरूको नेतृत्वमा युवा र विषय विज्ञ पुग्नुपर्ने बताएका छन् । विश्वमा युवाहरूले नयाँ नयाँ प्रविधि विकास गर्ने र त्यसअनुरुप विश्वलाई डोर्‍याउने क्रम बढेकाले नेपालका राजनीतिक पार्टीहरूमा पनि युवा र विषय विज्ञ नेतृत्वमा पुग्नुपर्ने बताए।

 पेशाले इन्जिनियर रहेका कर्णले १५औँ महाधिवेशन मा समावेशी तर्फको उपसभापतिमा उम्मेदवारी दिएका छन् । महाधिवेशन स्थल भृकुटीमण्डपमा महाधिवेशन बुधबार बिहान कर्णले भने, ‘हाम्रो देशको प्रधानमन्त्री युवा हुनुहुन्छ। विश्वमा अनकन प्रविधिको विकास युवाहरूले गरेका छन्। त्यसैले राजनीतिक दलहरूको नेतृत्व पनि युवाले गर्नुपर्छ भन्ने धारणाका साथ उपसभापतिमा उम्मेदवारी दिएँ ।’ 

राष्ट्रिय सभा सदस्य कर्ण २०७० सालको दोस्रो संविधानसभाका सदस्य पनि हुन् । नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष कर्ण चौधौँ महाधिवेशनमा सहममन्त्रीको उम्मेदवार थिए। 
युवालाई नेतृत्वमा ल्याउनुपर्छ भनेर अहिले आफू सिधै उपसभापतिमा उम्मेदवारी दिन पुगेको कणले लालबिहानीलाई बताए।
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।