सर्लाही,असोज २९ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन । उनको साथबाट १ थान– पेस्तोल नाम नखुलेको , अर्को पेस्तोल थान–१, म्यागजिन थान–३ र गोली १५ राउन्ड बरामद गरिएको छ । पक्राउ परेका थापा र बरामद हातहतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखि थप अनुसन्धान भइरहेको छ ।












