२०८३ कार्तिक १२ बुधबार
Search
२०८३ कार्तिक १२ बुधबार

कोटलबारा बाढी पिडीतलाई राहत बितरण

 

कोटलबारा असोज २९ : नेपाल मगर संघ लुम्बिनी प्रदेश लगायत विभिन्न ७ वटा संघ संस्थाहरुद्वारा कोटलबारा बाढी पिडीतलाई ६७०९३५ (छ लाख सतरी हजार नौ सय पैतिस रुपियाँ)राहत रकम बितरण गरेको छ

असोज २८ गते नेपाल मगर संघ लुम्बिनी प्रदेश, रोल्पाली एकता समाज भालुबाङ्ग दाङ्ग , मगर महिला सघं भालुबाङ्ग,दाङ्ग नेपाल मगर संघ दाङ्ग, देउखुरी भारतिय भु.पु. तथा बहालवाला सैनिक संघ देउखुरी दाङ्ग , रोल्पाली एकता खाम समाज तुल्सिपुर १८, श्रम सस्कृति पार्टी रोल्पा लगायतका ७ वटा संघ संस्थाहरुद्वारा गत २०८३ साल सावन २७ गते रोल्पा थबाङ गा.पा. ५ उवा कोटलबारामा विनासकारी भीषण बाढी पहिरोका कारण ज्यान गुमाएका मृतक परिवारलाई असोज २८ गते घटना स्थलमै पुगेर प्रत्येक्ष पिडित लाई भेटेर राहत बितरण गरेको थियो । 

उक्त रकम समितिका संयाेजक गन्ज बहादुर पुन (अमर) र का.बा. अध्यक्ष बुद्धि बहादर घर्तिमगरकाे राेहबरमा प्रति  मृतक तथा घाइतेका परिवारहरूलाई रू ४ २ हजारकाे दरले बितरण गरिएकाे थियो ।

 

अधिकामस बोल्ने बक्ताहरुले सरकारको आलोचना तथा समयमा उद्घार हुन नसकेको, उद्घारमा चासो नदेखाएको,  घटना घटेको अर्को दिन स्ट्रेचर मा बोकेर २८ कोष टाढा सुलिचौर सम्म ल्याउनु परेको ,  घाइते लाई बल्ल बल्ल  २४ घण्टा लगायर बुटवल पु–याइएको गुनासो गरे । रोल्पाको घटना वारेमा स्थानीय र प्रदेश सरकार वाहेक संघीय सरकार वेखबर छ।यसमा हामी दुःख व्यक्त गर्न चाहन्छौं ,भने । रोल्पाका वाढी पहिरो पिडीत परिवारलाई जस्तै भोटेकोसी ,काली गण्डकी र वुढी गण्डकी लगायतका क्षेत्रमा भएका वाढी पहिरो पिडीत परिवारलाई नेपाल सरकारले वेवास्ता र अपमान नगर्न सचेत गराउन चाहन्छौं ।

कार्यक्रम राहत संकलन समितिका संयोजक गञ्ज बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थबाङ्ग ५ का का.बा. अध्यक्ष बुद्धि बहादर घर्तिमगर, बिशिष्ट अतिथिमा थबाङ्ग ४ का वडा अध्यक्ष हिकमत घर्ति मगर, बिशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रिय भाषिक उपाध्यक्ष जिवन प्रबेश रोका मगर, बिशिष्ट अतिथि नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलु प्रसाद पुन मगर,अतिथिमा नेपाल मगर संघ निबर्तमान केन्द्रिय सदस्य भिम प्रकाश पुन ले आफनो भनाई राखेको थियो । हिकमत घर्तिमगरको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम दिके रोकाले संचालन गरेको थियो ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।