२०८३ बैशाख १३ आईतवार
Search
२०८३ बैशाख १३ आईतवार

सुदूरपश्चिममा थप २०२ जना डिस्चार्ज, निको हुनेको संख्या ३२४८ पुग्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप दुई सय दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पतालका आईसोलेसन तथा क्वारेन्टिनबाट थप दुई सय दुई संक्रमित कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

आईतबार मात्र कैलालीका १७ जना डिस्चार्ज भएका छन्। यस्तै विभिन्न मितिमा बाजुराबाट थप एक सय ७८ र कैलालीकै ७ जना डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमण मुक्त हुनेको संख्या तीन हजार दुई सय ४८ पुगेको छ।

नौँ जनाको संक्रमणबाट मृत्यु भईसकेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८२, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।