२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

सेतीमा बेपत्ता डडेल्धुरा अस्पतालमा कार्यरत दुवैजना स्वास्थ्यकर्मीको शव फेला

अत्तरिया –सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुवैजना स्वास्थ्यकर्मीको शव फेला परेको छ।

सोमबार बेपत्तामध्ये बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंहको पनि शव फेला परेको छ। उनको शव बेपत्ता भएको स्थानबाट करिब १ किलोमिटर तल भेटिएको हो।

शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा स्थानीयले शव फेला पारेको डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए।

तर त्यो शव बेपत्ता भएका सिँहकै हो भन्ने पहिचान हुन बाँकी छ।’ उता डडेल्धुरा अस्पतालका कर्मचारीहरुले भने भेटिएको शव सिँहकै भनेर पुष्टि गरेका छन्।

यसअघि आइतबार डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको थियो।

उनको शव घटनास्थल भन्दा निकै टाढो शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताएका थिए।

शनिबार डडेल्धुरा अस्पतालमा कार्यरत चारैजना बिहानै डोटीस्थित शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए। मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो।

बगेका मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंह बेपत्ता भएका थिए।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।